राष्ट्रिय सभामा नेकपाको दलको नेता बेदुराम भुसाल



काठमाडौँ, माघ ११ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त हुनुभएको छ। आइतबार सिंहदरबारमा बसेको नेकपा राष्ट्रिय सभा संसदीय दलको बैठकले भुसाललाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो।

त्यसैगरी, राष्ट्रिय सभामा नेकपाको प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ।

यसअघि दलका नेता रहेका नारायणकाजी श्रेष्ठले राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनेपछि रिक्त पदमा भुसाललाई दलको नेतामा चयन गरिएको नेकपाले जनाएको छ।

नयाँ नेतृत्व चयनसँगै राष्ट्रिय सभामा नेकपाको संसदीय गतिविधि थप सशक्त र प्रभावकारी हुने विश्वास पार्टीले व्यक्त गरेको छ।

प्रकाशित मिति: २०८२ माघ १२, आइतवार १५:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको