सप्तरीमा शिवरात्रीको तयारी तीब्र



सप्तरी, माघ ११ । भगवान शिवको पूजाअर्चना गर्दै हरेक वर्ष फागुन कृष्ण चर्तुदशीका दिन मनाईने महाशिवरात्री पर्व नजिकिदै गर्दा यहाका शिवालयहरुमा आवश्यक तयारी तीब्र पारिएको छ ।

यसै क्रममा आईतवार सप्तरी सदरमुकाम राजविराज स्थित प्रसिद्ध हरिनन्देश्वर महादेव मन्दीरमा वसेको बैठकले यस पल्ट १ लाख सम्म भक्तजन आउने अनुमान सहित आवश्यक तयारी सुरु गर्ने निर्णय गरेको हो ।

मन्दिर संरक्षण सम्बद्र्धन समितीका अध्यक्ष ध्रुव प्रसाद देवको अध्यक्षतामा बसेको समितीको बैठकले मन्दिर सिंगार्ने, सजावट गर्ने, स्वयमसेवक परिचालन गर्ने, मन्दिर परिसरमा रहेका विभिन्न गुम्टि, टहरा तथा फुटपाथका पसलहरु ३ दिन भित्र हटाउने निर्णय गरेको छ ।
“मन्दिरलाई कुरुप र ढाक्ने गरी परिसरको चारैतीर अतिक्रमण गरी राखिएका त्यस्ता संरचनाहरु हटाउने निर्णय गरेका छौं, अध्यक्ष देवले भने–यसका लागी नगरपालिका र स्थानीय प्रशासनको सहयोग लिएर अघि बढ्ने छौ ।”

यस्तै बैठकले दानपेटीकाबाट प्राप्त भएका रकमको २० प्रतिशत समितिको कोषमा जम्मा गर्ने, पानी, विद्युतिकरण, सजावट र दर्शनार्थीको भीड व्यवस्थापन लगायतका आवश्यक तयारी अघि बढाउने लगायतका निर्णय गरेको समितिका सचिव देवराम यादवले जानकारी दिए ।

महाशिवरात्रीको तयारी स्वरुप बैठकले २१ सदस्यीय तयारी समिति गठन गरेको र माघ १७ गते बृहत बैठक गरी महाशिवरात्री पर्व लाई भव्य बनाउन थप निर्णयहरु गरिने कोषाध्यक्ष प्रमोद काबराले जानकारी दिए । महाशिवरात्री पर्व यस पल्ट फागुन ३ गते परेको हरिनन्देश्वर महादेव मन्दिरका मुल पुजारी महेश्वर भारतीको भनाई छ । पर्वका लागी जिल्लाको शम्भुनाथ, अंकुरी महादेव, लालेश्वरनाथ लगायतका मन्दिरमा पनि आवश्यक तयारी सूरु भएको समबद्ध मन्दिर समितिले जनाएको छ ।

 

प्रकाशित मिति: २०८२ माघ ११, आईतवार १८:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको