एमाले परित्याग गरि जसपा नेपालमा



जनकपुरधाम, माघ १२ । धनुषा निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमाले परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्ने क्रम जारी रहेको छ। धनुषाको मु.मु. गाउँपालिका वडा नं. ४ का विगतको स्थानीय निर्वाचनमा स्वतन्त्र रूपमा वडा अध्यक्षका प्रत्याशी रहेका राम एकबाल यादव नेकपा एमाले परित्याग गरी आज औपचारिक रूपमा जसपा नेपालमा प्रवेश गरेका छन । उनी आफ्ना छोरा सहित जसपा नेपालको केन्द्रीय सदस्य जितेन्द्र यादवको निजी निवास, जनकपुरधाममा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन ।

उक्त प्रवेश कार्यक्रममा जसपा नेपाल धनुषा क्षेत्र नं. ३ का क्षेत्रीय अध्यक्ष जयकुमार यादवको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नेताहरूले नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गर्दै संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालले मधेश आन्दोलन, सामाजिक न्याय, पहिचान र अधिकारका मुद्दामा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै नवप्रवेशीहरूको आगमनले पार्टी थप बलियो हुने धारणा राखिएको थियो।

नवप्रवेशी राम एकबाल यादवले पनि जसपा नेपालको नीति, सिद्धान्त र नेतृत्वबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताउँदै जनताको हकहित र अधिकारका लागि पार्टीसँगै रहेर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका । निर्वाचनको मुखमा विभिन्न पार्टी परित्याग गरि जसपा नेपाल प्रवेशको लहर चलेको यस क्षेत्रका उम्मेदवार परमेश्वर साहको पक्षमा बलियो माहौल बन्दै गएको वक्ताहरुले बताएका छन ।

कार्यक्रमको अन्त्यमा पार्टी परिवारको तर्फबाट नवप्रवेशीहरूलाई हार्दिक बधाई तथा सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गरिएको थियो। साथै, उनको सक्रियताले संगठन विस्तार र जनआधारित राजनीतिमा थप ऊर्जा थपिने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: २०८२ माघ ११, आईतवार १३:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको