मधेश ओर्लिए गगन थापा, एअरपोर्टमा कांग्रेस कार्यकर्ताको भिड



सर्लाही, माघ १२ । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवारी दर्तापछि पहिलोपटक मधेश पुगेका छन्। भावी प्रधानमन्त्रीका सम्भावित उम्मेदवार समेत घोषणा गरिएका थापा सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुगेका हुन्।

थापाले वारेस मार्फत मनोनयन दर्ता गरेपछि काठमाडौंमा भूगोलका नेताहरूसँग निरन्तर भेटघाट गरेका थिए। तर सोमबार बाराको सिमरा विमानस्थल पुग्दा ठूलो भीडले विमानस्थल र वरिपरि वातावरण रंगीन बनाएको थियो।

सर्लाही, बारा लगायत तराईका जिल्लाबाट कांग्रेसका कार्यकर्ताहरू ठूलो संख्यामा सभापति थापालाई स्वागत गर्न विमानस्थल पुगेका थिए। कार्यकर्ताहरूले नाराबाजी र फूलमालाले स्वागत गर्दै कांग्रेसको एकताको झल्को प्रस्तुत गरेका थिए।

यसपटक मधेशमा थापाको पहिलो सार्वजनिक उपस्थिति भए पनि निर्वाचनमा प्रचार–प्रसार तीव्र हुने देखिएको छ। कार्यकर्ताको यो भिडले आगामी निर्वाचनमा कांग्रेसको माहोल र उत्साह उच्च रहेको संकेत दिएको विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति: २०८२ माघ १३, सोमवार १३:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको