सेयर बजारमा सामान्य गिरावट, १६ अर्ब ३५ करोडमाथिको कारोबार



काठमाडौँ, माघ १२ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक ३.०७ अङ्कले घटेर २,७६९.०९ विन्दुमा कायम भएको छ।

तर कारोबार रकम भने उत्साहजनक रह्यो। आज कुल ३३२ कम्पनीका ३ करोड ६२ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा १६ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा ८८ कम्पनीको सेयर मूल्य बढेको, १६५ कम्पनीमा गिरावट आएको र ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

बजार घटे पनि पाँच कम्पनीमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यी कम्पनीहरू हुन्स् एसवाई प्यानल, हिमस्टार, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपाल।

सेग्मेन्ट अनुसार, होटल र टुरिजम क्षेत्रमा सर्वाधिक १.६७ प्रतिशत वृद्धि देखिएको छ। हाइड्रो, म्यानुफ्याक्चरिङ र म्युचुअल फन्ड समूहले सामान्य वृद्धि देखाए भने अन्य परिसूचकमा सामान्य गिरावट आएको छ।

कारोबार रकमको आधारमा आज हिमालयन पावर पार्टनर लिमिटेड शीर्ष स्थानमा रह्यो, जसको कारोबार ६५ करोड ९३ लाख रुपैयाँ भयो। अन्य प्रमुख कारोबारमा आँखुखोला हाइड्रोपावर ५६ करोड १६ लाख, मन्जुश्री फाइनान्स ५२ करोड ३२ लाख, एसवाई प्यानल ५० करोड १७ लाख र बन्दीपुर केबलकार ४० करोड ५५ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।

यससँगै बजारले हल्का गिरावट देखाए पनि उच्च कारोबार रकमले लगानीकर्ताको सक्रियता जनाउँछ, जसले आगामी दिनमा बजारमा उतारचढावको संकेत दिन सक्छ।

प्रकाशित मिति: २०८२ माघ १३, सोमवार १५:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको