रहेनन् पुराना काँग्रेसी भरत



सप्तरी, माघ १२ । सप्तरीका पुराना काँग्रेसी नेता भरत प्रसाद गुप्ता रौनियारको निधन भएको छ । राजविराज ५ निवासी ६८ बर्षीय गुप्ताको आईतबार साँझ आफ्नै निवासमा निधन भएको हो ।

उनी विगत ५÷६ बर्षदेखि अस्वस्थ्य रहँदै आएका थिए । वि.सं २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय भई लागेका उनी प्रजातन्त्र पुनस्र्थापना पछि गठित सो वडाको बुथ समितिका सभापति भएका थिए ।

उनी रौनियार सेवा समाज सप्तरीका संस्थापक अध्यक्ष समेत थिए । उनलाई अन्तिम विदाई दिन र श्रद्धान्जली व्यक्त गर्न सोमबार विहान स्थानिय नेता कार्यकर्ता र शुभेच्छुकहरुको निवास स्थलमा भिड लागेको थियो । उनको निवासमा काँग्रेसका जिल्ला उपसभापति रामकुमार यादव, सचिव सनत मंडल, क्षेत्रिय सभापति महानन्द यादव, काँग्रेसका नेता शम्भुलाल देव, ध्रुव देव, अर्जुनप्रसाद साह, इरसाद अन्सारी, समिर झा, कपलेश्वर साह लगायतले पार्टीको झण्डा ओढाएर सम्मान र श्रद्धान्जली अर्पण गरे ।

अन्य दलका नेता कार्यकर्ता समेत निवास स्थल पुगेर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए । श्रद्धान्जली पश्चात उनको पार्थिव शरीर कोशी व्यारेज घाटमा पुर्याइएको थियो । उनका जेठा छोरा राकेशले दागवती दिए । सोमबार नै नेपाली काँग्रेसका सभापति रामदेव साहले एक शोक बकतव्य जारी गर्दै उनको निधनप्रति गहिरो दुःख तथा सम्वेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति: २०८२ माघ १२, सोमबार १८:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको