महोत्तरी ३ मा जसपा नेपालको अगुवा नेता कार्यकर्ता भेला सम्पन्न

उच्च मनोवलका साथ चुनावमा होमिन आग्रह


जलेश्वर, माघ १३ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महोत्तरी निर्वाचन क्षेत्र नं. ३मा जनता समाजवादी पार्टी (जसपा) नेपालको अगुवा नेता कार्यकर्ता भेला सम्पन्न भएको छ।

जसपा नेपालका महोत्तरी अध्यक्ष रामनरेश राय र तत्कालिन लोसपाका अध्यक्ष रामबाबु साहको संयुक्त अध्यक्षतामा सम्पन्न भेलामा सहभागी शीर्ष नेताहरुले उच्च मनोबलका साथ चुनावी तयारीमा होमिन आग्रह गरेका छन ।

कार्यक्रममा जसपा नेपालका केन्द्रिय कार्यसम्पादनका सदस्य रामकुमार शर्माले डा. मिनाक्षी ठाकुरको टिकट पार्टीले सर्वसम्मत प्रदान गरेको उल्लेख गर्दै यसमा कतै किन्तु परन्तुमा नलाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

उनले भने,‘ टिकट वितरण अघि उम्मेदवारीको दावी गर्नु सबै नेताको अधिकार हो तर पार्टीले टिकट जारी गरि सकेपछि पार्टीको झण्डा र छापको लागि एक जुट हुनै पर्छ । यो हामी सबैको दायित्व हो । ’

पार्टीको निर्णय विपरित जाने जो कोहीलाई पनि छुट नहुने बताउदै नेता शर्माले भने,‘ अझै समय छ , पार्टीको झण्डा मुनी एक जुट होऊ , असन्तुष्टहरुसंग वार्ता सम्वाद जारी छ । पार्टी निर्देशन विपरित जाने नेता कार्यकर्ताहरु लाई पार्टीले कारबाही गर्ने छन ।

कार्यक्रममा जसपाका केन्द्रिय सदस्य कृष्णाशंकर साहले पार्टीको निर्णय नै नेता कार्यकर्ताहरुको लागि सर्वोपरि हुने भएकाले सबैलाई एकजुट भई डा. मिनाक्षी ठाकुरको पक्षमा जुटनु नै अहिलेको आवश्यकता हो ।

डा. मिनाक्षीको जित नै जसपाको जीत हो , छाताको जीत हो , यसमा किन्तु परन्तुको सम्भावना छैन , नेता साहले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र नं. ३का प्रत्याशी डा. मिनाक्षीले आफु उम्मेदार नभई सेवक बनेर जनताको बिचमा आएको बताइन ।

कार्यक्रममा क्षेत्र भरिबाट जम्मा भएका नेता कार्यकर्ताहरुले चुनावी रणनीतिबारे आ–आफनो विचार राखेका थिए ।

भेलामा केन्द्रिय कार्यसम्पादन समिति सदस्य उमाकान्त झा, मधेश प्रदेशका शिक्षामन्त्री रानी शर्मा सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८२ माघ १४, मंगलवार १८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको