महोत्तरी, माघ १४ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी महोत्तरी निर्वाचन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. मिनाक्षी ठाकुरले चुनावी अभियान अन्तर्गत महिला भेटघाटलाई तिब्रता दिएकी छन ।
चुनावी कार्यक्रमअन्तर्गत डा. ठाकुरले बुधवार पिपरा गापाको बनौलीमा घरदैलो अभियानलाई निरन्तरता दिँदै महिला समूहसँग विशेष भेटघाट तथा अन्तरक्रिया गरेकीस् छिन । सो क्रममा स्थानीय महिलाहरूले शिक्षा, स्वास्थ्य सेवा, रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी आफ्ना समस्या र अपेक्षाहरू खुलेर राखेका छन्।
भेटघाटका क्रममा डा. ठाकुरले महिलाको सशक्तिकरण बिना समावेशी र दिगो विकास सम्भव नहुने बताउँदै महिलामैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन । उनले स्वास्थ्य, शिक्षा र आर्थिक अवसरमा महिलाको पहुँच बढाउन पहल गरिने पनि स्पष्ट पारे ।
उक्त अभियानमा जसपा नेपालका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको छ। गाउँ–गाउँ पुगेर जनताको भावना बुझ्ने र प्रत्यक्ष संवाद गर्ने शैलीका कारण चुनावी माहोल थप उत्साहित बनेको स्थानीयवासीले बताएका छन्।
क्षेत्र नं. ३ मा डा. ठाकुरको सक्रिय अभियानले चुनावी गतिविधि थप गतिशील बन्दै गएको देखिएको छ।




