जलेश्वर, माघ १४ । जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरले मधेश अझै आन्दोनलमै रहेको बताएका छ ।
महोत्तरी क्षेत्र नं. ३को जलेश्वरमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले विगतमा मधेशले ठुलठुला विद्रोह गरेपनि विद्रोहका जायज मांग अझै अझै पुरा हुन नसक्दा आन्दोनलमै रहनु परेको बताए ।
संघीयता समावेशिता लगायतका मुद्दा मधेशले आंशिक अधिकार पाएपनि अझै धेरै कुरा पाउन बाँकी रहेको उनको कथन थियो ।
मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दाका कारण महोत्तरीका शीर्ष नेताहरु कोही जेलमा त कोहीप निर्वाशित जीवन बिताइ रहेको तर्फ इगित गर्दै संरक्षक ठाकुरले सरकारको मधेश विरोधी रबैयाका कारण मधेश अझै प्रताडित भइ रहेको बताए ।
अभिराम शर्मा, रामशंकर शाही, सुरेश पाण्डे , धर्वेन्द्र राय सहितका नेताहरुको पीडा कसैबाट लुकेको नभई सबैको सामू रहेकोले उनिहरुको पीडा अन्त गर्न एक जुृट हुनुको विकल्प नरहेको बताए ।
मधेशका लागि हामी आफै लडनु पर्ने उल्लेख गर्दै संरक्षक ठाकुरले अब कसैको सहारा आवश्यक रहेको नबताए । उनले भने, हामी सबैलाई गुहारयौ, तर कसैले सुनेन, परिणाम आएन, हामीलाई लडनै पर्छ ।’
उनले सडक आन्दोलन र व्यालेटको आन्दोलन दुबैले परिवर्तन सम्भव रहेकाले आफुहरु सडक आन्दोलनलाई विश्राम दिई अहिले व्यालेटको आन्दोनलमा होमिएको बताए ।
मधेश विद्रोहको बलमा स्थापित जसपा नेपालको संसदमा बिलयो उपस्थितिनै मधेशका बाँकी अधिकारको लागि आवश्यक रहेको बताए ।




