एजेन्सी, माघ १४ । महाराष्ट्रको बारामतीमा भएको ठूलो विमान दुर्घटनामा उपमुख्यमन्त्री अजित पवारसहित ४ जनाको मृत्यु भएको छ। जानकारीअनुसार, अजित पवार निर्वाचन प्रचारका लागि बारामती जाँदै थिए र ल्यान्डिङ गर्ने क्रममा विमान क्र्यास भएको हो।
प्रारम्भिक रिपोर्टअनुसार, दुर्घटना बिहान करिब ८ः४५ बजे भएको थियो। विमानमा ५–६ जना सवार रहेको जानकारी आएको छ। दुर्घटनापछि विमानमा आगलागी भएको र धुवाँको मुस्लो उठेको बताइएको छ।
पुलिस र उद्धार टोली घटनास्थलमा पुगेको छ र दुर्घटनाको पूर्ण विवरण पत्ता लगाउन अनुसन्धान भइरहेको छ। हालसम्म दुर्घटनाको वास्तविक कारण खुल्न सकेको छैन।
महाराष्ट्रमा यस प्रकारको विमान दुर्घटना राजनीतिक र सामाजिक स्तरमा ठूलो धक्का भएको छ। सम्बन्धित निकायले थप आधिकारिक विवरण सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ।






