जनकपुरमा सार्वजनिक शिक्षा प्राथमिकताबारे छलफल कार्यक्रम सम्पन्न



रुकमिणी साह
जनकपुरधाम, माघ १८। एनसीई नेपाल कार्यसमितिका उपाध्यक्ष राम प्रवेश साहले राजनीतिक दलहरूको घोषणा पत्रमा सार्वजनिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। उक्त कुरा उनले सार्वजनिक शिक्षा सवालको प्राथमिकताबारे आयोजित छलफल कार्यक्रममा व्यक्त गरेका हुन्।

मधेस प्रदेशको जनकपुरधाममा  सम्पन्न उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद्, नागरिक समाजका अगुवा तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै उपाध्यक्ष साहले सार्वजनिक शिक्षा नै समावेशी, गुणस्तरीय र समान पहुँच सुनिश्चित गर्ने मुख्य आधार भएको उल्लेख गर्दै राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा शिक्षा क्षेत्रलाई केवल नारामा सीमित नगरी स्पष्ट नीति, बजेट र कार्ययोजनासहित समेट्नुपर्ने बताए। उनले शिक्षा बिना समृद्ध समाज निर्माण सम्भव नहुने धारणा राखे।

छलफलका क्रममा सहभागीहरूले सार्वजनिक विद्यालयको गुणस्तर सुधार, शिक्षक व्यवस्थापन, शैक्षिक पूर्वाधार, शिक्षा क्षेत्रमा पर्याप्त लगानी तथा स्थानीय तहको भूमिकाका विषयमा समेत आ–आफ्ना विचार प्रस्तुत गरेका थिए।

कार्यक्रमको उद्देश्य आगामीए राजनीतिक प्रक्रिया तथा निर्वाचनको सन्दर्भमा सार्वजनिक शिक्षा मुद्दालाई केन्द्रमा ल्याई नीतिगत बहसलाई मजबुत बनाउने रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०८२ माघ १८, आईतवार ०८:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको