मधेशको निर्माण मधेशीले गरेका हुन, विकास र समृद्धिको नेतृत्व पनि मधेशीले नै गर्छ : उपेन्द्र यादव



जनकपुरधाम, माघ २१ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको समृद्धि र विकासको नेतृत्व मधेशीले नै गर्ने दावी गरेका छन ।

जसपा नेपाल धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले मधेशको निर्माण गरेका मधेशीले नै समृद्धि र विकासको नेतृत्व गर्ने बताए ।

काँग्रेस कम्युनिष्टहरुले अझै संघीय लोकतान्त्रिक गणतन्त्र प्रति दुराभाव राखेको उल्लेख गर्दै अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जसपा नेपाल एक मात्र विकल्प रहेको बताए ।

२०८४ मा हुने निर्वाचन ८२ मै हुनुले पनि काँग्रेस कम्युनिष्टको असफलता उजागर रहेको स्पष्ट पार्दै अध्यक्ष यादवले भने,्‘उनिहरुले नत संविधानको रक्षा गर्न सके नत सरकार कै, काँग्रेस कम्युनिष्ट र घण्टे घण्टाहरुकै कारण मुलुकलाई मध्यावधी निर्वाचन भोग्नु परेको छ । यसको जवाव उनिहरु संग माग्नै पर्छ । ’

अध्यक्ष यादवले यथास्थितिबादी शक्तिहरु अझै संविधानलाई खारेज गरि संघीयतालाई समाप्त गर्ने दुस्सहास गरि रहेको हुँदा त्यस्ता दुस्सहासलाई परास्त गर्न आसन्न निर्वाचन बाट जनता समाजवादी पार्टीलाई बलियो हुनै पर्ने बताए ।

आसन्न निर्वाचनमा युद्ध स्तरमा जुटन नेता कार्यकर्ताहरुलाई निर्देशन दिदै अध्यक्ष यादवले निर्वाचनमा धोका दिने कार्यकर्ता र युद्धमा भाग्ने सेनालाई कहिल्यै माफ गर्न नसक्ने बताए । उनिहरु कारबाहीको भागी हुने समेत बताए ।

जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय कार्यसम्पादन समितिका सदस्य परमेश्वर साहले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: २०८२ माघ २२, बुधवार १८:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको