काठमाडौँ, माघ २२। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ लामिडाँडामा बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ।
अरनिको राजमार्गअन्तर्गत बाह्रबिसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४३ नम्बरको बस ले बा।प्र ०२–०३० प ८०१३ नम्बरको मोटरसाइकल लाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ निवासी २८ वर्षीय सुशील आलेमगर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीचौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङका अनुसार दुर्घटनापछि बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको छ।




