जनकपुरधाम, माघ २२। आईसीसी टी–२० विश्वकपअघिको तयारीस्वरुप नेपालले आज अन्तिम वार्म अप खेलमा क्यानडासँग चेन्नईको एमए चिदाम्बरम स्टेडियम मा दिउँसो सवा १ बजे खेल्दैछ।
नेपालले पहिलो वार्म अप खेलमा यूएई लाई पराजित गरेको थियो। त्यसअघि मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ र श्रीलंकामा श्रीलंका ‘ए’ सँग अभ्यास खेल खेलेको थियो। तीन खेल खेलेको श्रीलंका ‘ए’ विरुद्ध नेपालले १ खेल मात्र जितेको थियो भने एमसीए प्रेसिडेन्ट ११ सँग दुवै खेल जितेको थियो।
फेब्रुअरी ७ ९माघ २४० देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुने टी–२० विश्वकप मा नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्ड विरुद्ध खेल्नेछ। त्यसपछि नेपालले माघ २९ मा इटली, फागुन २ मा वेस्ट इन्डिज र फागुन ४ मा स्कटल्यान्ड सँग खेल्ने तालिका तय छ।
नेपालका खेलाडीहरूले वार्म अप खेलमार्फत आफ्नो प्रदर्शन सुधार्दै टी–२० विश्वकपको तयारी पुरा गर्ने लक्ष्य राखेका छन्।






