काँग्रेसले भन्यो : अबकीबार सयपार



सप्तरी, माघ २४ । पार्टीको अवस्था तथा आगामी निर्वाचनको बारेमा जानकारी लिन नेपाली काँग्रेस केन्द्रिय सदस्यहरु सम्मिलित एक टोली शनिवार सप्तरी आईपुगेका छन् ।

केन्द्रिय सदस्य सदस्यद्वय नरेन्द्र कुमाल र बसन्त भट्टराई सम्मिलित टोलीले राजविराज स्थित पार्टी कार्यालयमा जिल्ला कार्य समिति तथा भातृ संगठनका पदाधिकारीहरु सित चुनावी बस्तुस्थितिका बारेमा आवश्यक जानकारी लिएको हो ।

निर्वाचनका लागि पार्टीका नेता/कार्यकर्ता र सबै भातृ संगठनलाई सक्रिय रुपमा परिचालन गरी नेपाली काँग्रेसको पक्षमा माहौल तयार गर्न टोलीले निर्देशन दिएको काँग्रेस सप्तरीका सचिव सनत मंडलले जानकारी दिए ।

व्यक्ति केन्द्रित नारा “अवकीबार गगन सरकार” भन्दा पनि “अवकीबार सय पार” भन्ने नारालाई अघि सार्दै बढी भन्दा बढी संख्यामा काँग्रेका उम्मेदवारलाई विजयी गराउने अभियानका साथ उक्त टोली जिल्ला जिल्लामा पुगिरहेको केन्द्रिय सदस्य नरेन्द्र कुमालले बताए ।

अर्का केन्द्रिय सदस्य बसन्त भट्टराईले काँग्रेसकै नेतृत्वमा संसदीय प्रजातान्त्रिक व्यवस्था संस्थागत भएको बताउँदै बदलिएको परिस्थितिमा पार्टीका कार्यकर्ताहरुले जनताको घरदैलोमा पुगेर संगठनलाई अझ बलियो बनाई काँग्रेसको उम्मेदवारहरुको पक्षमा माहौल बनाउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा काँग्रेस सप्तरीका सचिव सनत मंडल, नेवि संघका केन्द्रिय सदस्य तिर्थनारायण दास, जिल्ला अध्यक्ष राकेश ठाकुर, सदस्य विशाल कुमार साह लगायतले काँग्रेसको पक्षमा माहौल बनाउन गर्नुपर्ने प्रयासहरुबारे आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: २०८२ माघ २५, शनिवार १७:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको