सरकारी जागिर छाडेर प्रतिस्पर्धामा उत्रेका साह भन्छन–सुसासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी



सप्तरी, माघ २५ । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा सप्तरीमा सरकारी जागिर छाडेर उम्मेदवार बन्ने दोश्रो ब्यक्ती हुन सिताराम साह ।

भु–संरक्षण कार्यालय लहानका प्रमुख रहेका उनी जागिर छाडेर राजनीतिमा होमिएका हुन । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सप्तरीको ४ नम्बर क्षेत्रका उम्मेदवार हुन ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नं.४ का लागी प्रतिनीधी सभासदस्यका उम्मेदवार बनेकासाहले पत्रकार सम्मेलनको आयोजना गरी क्षेत्रको विकास र समाज सेवाका लागी आफु सरकारी जागिर छाडेर राजनीतिमा होमिएको बताएका छन । उनले क्षेत्रको विकासका लागी चुरे संरक्षण, खाँडो समस्या समाधान, शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी सुधार देखी भ्रष्टाचार नियन्त्रण, शुसासन र स्थिर सरकारका लागी काम गर्ने आफनो अपिल पत्रमा समेटेका छन ।

विज्ञहरुको सल्लाह सुझाव समेत लिएर आपूmले क्षेत्रको विकास निर्माणको खाका तयार पारेको उनले बताएका छन् ।

उनले सार्वजनिक गरेको अपिलपत्रमा चुरे क्षेत्रको संरक्षण, खाँडो समस्याको दिर्घकालिन समाधान, सुनकोशी–खाँडो डाइभर्सन, हाइड्रोपावर, स्वच्छ खानेपानी, विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा, गरिब र विपन्न समुदायका विद्यार्थीलाई छात्रवृत्ति, यूवाको विदेश पलायन रोक्न रोजगार, विभिन्न सडकको स्तरोन्नती र पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिक्तामा राखिएको छ । यस्तै भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थिर सरकारको ग्यारेन्टी पनि उनले आफनो अपिलपत्रमा समेटेका छन । क्षेत्रको एकिकृत विकासका लागी सबै क्षेत्रवासी एक भएर अघि बढ्न सके आफ्नो खाकाले सार्थकता पाउने साहको विश्वास छ । उनले विपक्षीदलहरुले आफ्नो पार्टीलाई संघियता विरोधी भएको भनी भ्रम फैलाएको भन्दै सोको प्रतिवाद समेत गरेका छन् । “हामीहरु संघियता विरोधी होईनौ, बरु संघियतालाई झन बलियो बनाउने पक्षधर हौं उनले भने,–केही दिन अघि मात्र हाम्रा बरिष्ठ नेता बालेन साहले जनकपुरको आमसभामा यसबारे प्रष्ट पारिसकेका छन् ।”

काँग्रेस पृष्ठभुमि भएका उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्र देश विकास सम्भव देखेर सो पार्टी रोजेको बताएका छन ।

पत्रकार सम्मेलनमा जेनजी आन्दोलनका क्रममा काठमाडौंमा गोली लागेर घाइते भएका सप्तरीको बोदेर्बसाईन नगरपालिका १ धनगढीका २६ वर्षिय विकास कुमार यादव पनि सहभागि थिए । उनले भ्रष्टाचार अन्त्य र सुसासनका लागी जेनजी आन्दोलन भएको भन्दै मुलुकमा परिर्वतन र सुधारका लागी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका थिए । उनले देशका जेनजी (नवयुवा) एक जुटभई राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा लागेको दाबी समेत गरे ।

उक्त निर्वाचन क्षेत्रमा एकलाख ९ हजार पाँचसय ६६ मतदाता छन । साह संगै नेपाली काँग्रेसका तेजुलाल चौधरी, जसपा नेपालका डा बवि सिंह यादव, नेकपाका रुबी कर्ण, मुख्य प्रतिस्पर्धामा देखिएका छन । नेपाल विद्युत प्राधिकरणको पं्रबन्धक पदबाट राजीनामा दिएर अर्काे ब्यक्ती डा.दिपक कुमार चौधरी पनि सप्तरीको क्षेत्र नंं २ मा उज्यालो नेपाल पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन ।

 

प्रकाशित मिति: २०८२ माघ २५, आईतवार १८:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको