ईरानमा विपक्षी नेता र नोबेल विजेता नरगिस मोहम्मदी पक्राउ



एजेन्सी, माघ २७ । इरानी सुरक्षा बलहरूले सुधारवादी आन्दोलनसँग सम्बन्धित विपक्षी नेता र प्रमुख हस्तिहरूलाई हिरासतमा लिन थालेका छन्। यस कदमले दमनकारी अभियानलाई अझ तीव्र बनाएको छ।

अधिकारिहरूले हिंसात्मक तरिकाबाट देशव्यापी प्रदर्शनहरू दबाइसकेका थिए। यस क्रममा हजारौं प्रदर्शनकारी मारिएका र हजारौंलाई हिरासतमा लिइएको थियो।

नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई पक्राउ गरी सात वर्षको जेल सजाय सुनाइएको छ। न्यूयोर्क टाइम्सका अनुसार यो कदम ईरान सरकारको तर्फबाट असन्तुष्ट व्यक्तिहरूलाई दबाउने प्रयासको रूपमा लिइएको छ, जुन बेला ईरान अमेरिका सँग नयाँ परमाणु वार्तामा संलग्न छ।

मीडिया रिपोर्ट अनुसार सुधारवादी मोर्चाका प्रमुख अजर मंसूरी र पूर्व राजनयिक मोहसेन अमीनजादेहसमेत हिरासतमा परेका छन्। ईरानको धर्मतान्त्रिक प्रणाली परिवर्तन गर्न खोज्ने सुधारवादी आन्दोलनका कम्तीमा चार सदस्य पक्राउ परेका छन्।

सुरक्षा बलहरूको यस कदमपछि ईरानी विपक्षी नेताहरू र आन्दोलनमा संलग्न व्यक्तिहरूमा व्यापक तनाव उत्पन्न भएको छ।

प्रकाशित मिति: २०८२ माघ २८, मंगलवार १०:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको