मधेशमा सेवक भएर आएको काँग्रेस सभापति गगन थापाको प्रष्टोक्ति



सप्तरी, माघ २८ । नेपाली काँग्रेस सभापति गगन कुमार थापाले आफु मधेशको नेता नभई सेबक तथा छोरा बनेर काम गर्न मनसायका साथ मधेशबाट उम्मेदवारी दिएको प्रष्ट्र पारेका छन् ।

चुनावी अभियानको शिलशिलामा सप्तरी आई पुगेका उनले यस्तो कुरा बताएका हुन् ।

“मधेशले काँग्रेसलाई धेरै गुण लगाएको छ” उनले भने,– “हामी केही कुरामा चुकेको हुँदा त्यसको हिसाव किताव गरेर मधेशप्रति आफुलाई समर्पित गर्न यहाँ आएको छु ।”

क्षेत्र नम्बर १ स्थित कञ्चरुप नगरपालिकामा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले काँग्रेसको सभापति भएर देशको नेतृत्व गर्ने हो भने एकपटक मधेशको नेतृत्व गरेर मात्रै सम्भव हुने उनको भनाई छ ।

काँग्रेस नेतृत्वको सरकारले सिंहदरबारमा काम गर्दै गर्दा मधेशको बारे सोचेर मात्र काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार समेत रहेका उनले अहिलेको निर्वाचन हामीले खोजेको नभई निर्वाचनले नै हामीलाई खोज्दै आएको भन्दै युवाहरुको माग सम्बोधन गर्न काँग्रेस बदलिएर आएको टिप्पणी गरे ।

संविधानलाई तलमाथि हुन नदिने र संविधान भित्र सबैलाई मिलाएर लैजान काँग्रेस प्रतिबद्ध रहेको बताउँदै संविधानलाई संशोधन गरेर प्रदेश लगायत सबै वर्ग समुदायको अधिकारलाई थप बलियो बनाउने उनले उद्घोष गरे ।

मंगलबार नै उनले सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ स्थित शम्भुनाथ नगरपालिकाको कठौना बजार र क्षेत्र नम्बर ४ अन्तर्गत सुरुङा नगरपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएका छन् । उक्त अवसरमा सप्तरीको ४ वटै निर्वाचन क्षेत्रका उम्मेदवार तथा पार्टीका स्थानिय नेता÷कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८२ माघ २९, बुधवार ०८:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको