टी-२० विश्वकप : दोस्रो खेलमा नेपालको भिडन्त इटलीसँग



एजेन्सी, माघ २९ । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज इटलीको सामना गर्दैछ। खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईस्थित वाङ्खेडे स्टेडियममा सुरु हुनेछ।

समूह ‘सी’ मा रहेका नेपाल र इटली दुवै टोली पहिलो खेलमा पराजित भएका कारण आजको प्रतिस्पर्धा दुवैका लागि महत्वपूर्ण मानिएको छ। नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो भने इटली स्कटल्यान्डसँग हार व्यहोरेको थियो। त्यसैले दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।



नेपाल र इटलीबीच लामो अन्तरालपछि प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् २०१३ मा आईसीसी डिभिजन–३ अन्तर्गत यी दुई टोलीबीच भेट भएको थियो, जुन ५० ओभरको फर्म्याटमा थियो। टी–२० अन्तर्राष्ट्रियमा भने यो पहिलो पटकको जम्काभेट हो।

नेपालले सन् २०१४ मा अफगानिस्तानलाई पराजित गरेपछि विश्वकपमा जित निकाल्न सकेको छैन। त्यसैले १२ वर्षको जितविहीन यात्रालाई अन्त्य गर्ने अवसरका रूपमा पनि आजको खेललाई हेरिएको छ।

समूहको अंक तालिकामा वेस्ट इन्डिजले लगातार दुई जितसहित ४ अंक जोडेको छ। इंग्ल्यान्ड र स्कटल्यान्डको समान २–२ अंक छ।

प्रकाशित मिति: २०८२ माघ २९, बिहीबार ०९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको