ट्याक्टरको रोटाभेटरले महोत्तरीमा काटिँदा दुई बालिकाको मृत्यु



जनकपुरधाम, माघ २९। महोत्तरीमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मटिहानी नगरपालिका–४ मझौराका ईमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिराहा नगरपालिका–११ मरडाका सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुन रहेका छन्।



प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार मटिहानी–४ मझौराका गरिब आलमको ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको बेला दुवै बालिका ट्याक्टरमा बसेका थिए। यसक्रममा उनीहरू अचानक लड्न पुगेपछि रोटाभेटरले टाउकोतर्फ गम्भीर चोट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् भने ट्याक्टर घटनास्थलमै नियन्त्रणमा छ। दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ माघ २९, बिहीबार १७:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको