बंगलादेशमा मतदान सुरु, अवामी लिगमाथिको प्रतिबन्ध कायम



काठमाडौं, माघ २९। पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक बंगलादेशमा आमनिर्वाचन सुरु भएको छ। नयाँ सरकार गठनका लागि भइरहेको मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहने जनाइएको छ।

बीबीसीका अनुसार १२ करोडभन्दा बढी मतदाता मतदान प्रक्रियामा सहभागी हुँदै छन्। सन् २०२४ मा चर्किएको विद्यार्थी आन्दोलनले हसिनालाई सत्ताबाट बाहिरिन बाध्य बनाएको थियो।

हसिना देश छाडेपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो, जसले चुनाव गराउने जिम्मेवारी लिएको हो।

आन्दोलनका क्रममा करिब १४ सय प्रदर्शनकारीको ज्यान गएको बताइन्छ। गत नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्ड सुनाएको थियो।

उनको दल अवामी लिगलाई भने यस पटकको निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ। मुख्य प्रतिस्पर्धा बंगलादेश नेशनलिस्ट पार्टी ९बीएनपी० र इस्लामी दल जमात–ए–इस्लामीबीच देखिएको छ। जमात–ए–इस्लामीले विद्यार्थी आन्दोलनबाट उदाएको अर्को राजनीतिक शक्तिसँग गठबन्धन गरेको बताइएको छ।

प्रकाशित मिति: २०८२ माघ २९, बिहीबार ०९:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको