कांग्रेसले प्रतिज्ञापत्र आज आयोगलाई बुझाउदै, बुधबार जनकपुरधाममा सार्वजनिक गर्ने



काठमाडौँ, फागुन ३। नेपाली कांग्रेसले आइतबार सार्वजनिक गर्ने तय गरेको प्रतिज्ञापत्र कार्यक्रम बुधबारका लागि सारिएको छ। संशोधित कार्यतालिकाअनुसार अब प्रतिज्ञापत्र जनकपुरधाम मा हुने चुनावी सभाबाट सार्वजनिक गरिनेछ।

पार्टीका प्रवक्ता देवराज चालिसे ले आइतबार बिपीनगर सानेपा स्थित केन्द्रीय कार्यालयमा तय गरिएको कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो। उहाँका अनुसार कांग्रेसले ६ गते जनकपुरधामबाट मधेस केन्द्रित चुनावी अभियानको औपचारिक सुरुआत गर्नेछ र सोही कार्यक्रममा प्रतिज्ञापत्र सार्वजनिक हुनेछ।

यसबीच निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र बुझाउन आइतबारसम्मको समयसीमा दिएको छ। प्रवक्ता चालिसेका अनुसार आयोगमा भने आइतबार नै प्रतिज्ञापत्र बुझाइनेछ, तर सार्वजनिक कार्यक्रम बुधबार मात्रै गरिनेछ।

मधेसबाट अभियान थाल्ने तयारीसँगै कांग्रेसले आफ्नो चुनावी एजेन्डालाई क्षेत्रीय प्राथमिकतासँग जोडेर प्रस्तुत गर्ने जनाएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन ३, आईतवार ०८:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको