मोटरसाइकल दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु



रौतहट, फागुन ३ । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ४ स्थित गौर–गंगापिपरा सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतिको मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटना झाझपुल नजिक करिब साढे पाँच बजेतिर भएको थियो। गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय दर्ता नम्बर बिआर३०यु१३७१ मोटरसाइकल करिब ५० मिटर तल सिसौको रुखमा ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक जितेन्द्र साह र उनकी श्रीमती गम्भीर घाइते भएका थिए। दुवैलाई प्रादेशिक अस्पताल गौर पठाइए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्याल ले जानकारी दिनुभयो।

डीएसपी बस्यालका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ।

प्रकाशित मिति: २०८२ फाल्गुन ३, आईतवार ०८:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको