काठमाडौं, फागुन ५ । मधेश प्रदेशलाई सङ्घीय राजधानी काठमाडौँसंग छोटो समय र कम खर्चमा जोड्ने बनेपा–सिन्धुली–बर्दीबास बिपी राजमार्गका पुलको चौडाइ विस्तार गर्न अध्ययन सुरु भएको छ।
हाल राजमार्गमा पर्ने खहरे खोला मा पुल नहुँदा र भएको पुल पनि सिङ्गल लेन भएको कारण प्रायः जाम हुने, सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने, सवारीसाधन बाढीमा फस्ने तथा यात्रुले असुविधा भोग्नु पर्ने समस्या देखिएको छ।
२०८१ असोजमा आएको बाढी र पहिरोले सो राजमार्गका केही खण्ड नष्ट भए पनि अस्थायी ट्र्याकको भरमा मार्ग सञ्चालन हुँदै आएको छ। सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी दीपक याकामी का अनुसार राजमार्गका तीन क्षतिग्रस्त खण्डको पुनर्निर्माण ठेक्का प्रक्रियामा छ।
याकामीले जानकारी दिनुभयो, “हाल भएका पुलसँगै समानान्तर नयाँ पुल निर्माण गर्ने अध्ययन भइरहेको छ। गत वर्षको बाढीपहिरोले पुलमा खास असर गरेको छैन। अध्ययन प्रतिवेदन तयार भएपछि निर्माण प्रक्रिया सुरु हुनेछ।”
उहाँका अनुसार दाप्चा पुल, कटुन्जे–बेँसी रोशी पुल, नार्के पुल, दाउन्ने पुल, भ्याकुरेखोला पुल र मामती पुलमा समानान्तर पुल निर्माण आवश्यक छ। अहिलेसम्म मामती पुल निर्माणाधीन छ भने बाँकी पुलको अध्ययन भइरहेको छ। अध्ययन चालु आर्थिक वर्ष ९२०८२र८३० भित्र सकिने अपेक्षा गरिएको छ।
विक्रम संवत् २०७२ मा जापानी सहयोग नियोग ९जाइका० द्वारा सो राजमार्ग निर्माण सम्पन्न भएको थियो। जापान सरकारले २६ बिलियन जापानीयेन र नेपाल सरकारले १।१ बिलियन जापानीयेन योगदान गरेको थियो। कुल लम्बाइ १६० किलोमिटरको सो राजमार्गमा तीन दशकअघि प्रतिकिलोमिटर ३५ करोड रुपैयाँ खर्च भएको थियो भने अहिले निर्माण लागत ५० करोड रुपैयाँभन्दा बढी पर्ने अनुमान छ।






