कारागार देखि बजार सुरक्षामा सघाउँदै सेना



सप्तरी, फागुन ६ । प्रतिनिधिसभा निर्वाचन नजिकैगर्दा नेपाली सेनाले यहाँका कारागार देखि प्रमुख बजार सम्म सुरक्षा व्यवस्था र निगरानीमा सघाएको छ ।

निर्वाचन लक्षित एकिकृत सुरक्षा योजना अनुसार नेपाल तथा सशस्त्र प्रहरीको समन्वयमा सुरक्षा व्यवस्था र निगरानीमा सेनाले सघाएको हो । यहाँ स्थित नेपाली सेनाको बरख गणका अनुसार निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सबै सुरक्षा प्रबन्धमा सेनाले सघाएको छ ।



यस क्रममा राजविराज कारागार, प्रमुख बजार, सिमानाका क्षेत्र, प्रमुख सडक मार्ग तथा मतदानस्थल तोकिएको क्षेत्र आसपास २४ सैं घण्टा सवारी तथा पैदल गस्ती परिचालन गरिएको गणपती सोभित बहादुृर चन्दले जानकारी दिए । उनले मतदाताहरु ढुक्क भएर मतदानका लागी आउने वातावरण देखी मतगणना स्थल सम्मको सुरक्षा प्रबन्ध मिलाइएको बताए ।

निर्वाचन सुरक्षाका लागी नेपाली सेनाको हाल ६ सय ५०,जिल्ला प्रहरी कार्यालयबाट १ हजार ७ सय १३ तथा सशस्त्र प्रहरी बल हेटक्वाटर राजविराजबाट ८ सय ६९ सुरक्षाकर्मी परिचालन भएका छन ।

यस्तै निर्वाचन सुरक्षाका लागी भर्ना गरिएका ४ हजार २ सय २२ निर्वाचन प्रहरी पनि परिचालित भएका छन । जिल्लाभर २ सय ९६ मतदान स्थल तथा ५ सय ६२ मतदान केन्द्र निर्धारण गरिएको छ । जस मध्ये ४ लाई सामान्य, ८३ लाई सम्वेदनशिल तथा २ सय ९ मतदानस्थललाई अतिसम्वेदनशिलको रुपमा छुट्याई सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: २०८२ फाल्गुन ६, बुधबार ०८:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको