मनोज मााझी
राजविराज, फागुन १२ । प्रतिनिधिसभा निर्वाचनको एक साता मात्र बाँकी रहँदा निर्वाचन सुरक्षाका लागी नेपाली सेना र प्रहरीले सप्तरीको सुगम देखी विकट गाउँ सम्म उपस्थिती बढाएर सुरक्षा अब्बल बनाएको छ ।
सदरमुकाम राजविराज स्थित नेपाली सेनको बरखगण, सशस्त्र र नेपाल प्रहरी सुुगम क्षेत्रका साथै चारै तीर कोशीको भंगालोले घेरिएको गोबरगाढा गाँउ सम्म आफ्नो उपस्थिती बढाएर सुरक्षा व्यवस्था अब्बल बनाएको हो ।
भारतीय सीमा संग जोडिएको हनुमाननगर कंकालिनी नगरपालिका वडा १३ मा पर्ने उक्त विकट गाउँ गोबरगाढामा डुंगा चढेर नेपाली सेनाको बरखगण, सशस्त्र र नेपाल प्रहरीको एक टोली मंंगलवार त्यहा पुगेर सुरक्षा प्रबन्धमा खटिएको गणपती सोवित बहादुर चन्दले जानकारी दिए । निर्वाचन सुरक्षाका क्रममा जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा हाल सम्म गणबाट ६ सय ५० सेना परिचालन भइसकेको तथा आवश्यक्ता अनुसार थपघट गरिने गणपती चन्दको भनाई छ ।
भारतीय सीमा संग जोडिएको तथा संवेदनशील र अतीसंवेदनशिल सूचीमा परेका मतदान स्थलहरुमा सशस्त्र र नेपाल प्रहरीको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको उनको कथन छ । जिल्लाभर २ सय ९६ मतदान स्थल निर्धारण गरिएको छ । जस मध्ये ४ लाई समान्य ८३ लाई सम्वेदनशील तथा २ सय ९ मतदान स्थललाई अति सम्वेदनशीलको सुचीमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी उपरिक्षक गौतम कुमार केसीले बताए । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष र भयरहित वातावारणमा सम्पन्न गर्न एकिकृत सुरक्षा योजना अनूरुप जिल्ला प्रहरी कार्यालयबाट १ हजार ७ सय १३ प्रहरी परिचालन भएको प्रहरी उपरिक्षक केसीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले मतदातालाई ढुक्क भई मतदान गर्न आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको बताए । यस्तै निर्वाचन सुरक्षाका लागी भर्ना गरिएका ४ हजार २ सय २२ निर्वाचन प्रहरी पनि चार वटै क्षेत्रमा परिचालन भईसकेको उनको भनाई छ । निर्वाचन सुरक्षाका लागी सशस्त्र प्रहरी बल हेडक्वाटर राजविराजबाट पनि ८ सय ६९ प्रहरी परिचालन भएको सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथोकिले जानकारी दिनए ।
यसरी परिचालित सेना र प्रहरी कारागार, प्रमुख बजार, सिमानाका, मतदान स्थल तथा प्रमुख सडक मार्गमा संयुक्तरुपमा गस्ती गरिरहेको पाइएको छ । सीमाक्षेत्रमा दैनिक पेट्रोल सशस्त्र र नेपाल प्रहरीको समन्वयमा संयुक्त गस्ती बढाएपछी शान्तिसुरक्षा राम्रो हुदै गएको हनुमाननगर कंकालिनी नगरपालिका वडा १३ गोबरगाढाका वडाअध्यक्ष कुशेश्वर यादव बताउँछन । उनले चारैतीर कोशी नदीको भंगालोले घेरिएको विकट गाउँ गोबरगाढामा डुंगा चढी सेना र प्रहरीको टोली आइपुगेपछी स्थानीयवासी निर्वाचन सुरक्षालाई लिएर उत्साहित बनेको बताए ।
बरखगणका गणपती चन्दले निर्वाचन सुरक्षाका लागी चरणबद्ध रुपमा गर्नू पर्ने सबै आवश्यक रणनीती तयार भएको सुनाए । सुरक्षा व्यवस्था सुदृढ बनाउन सशस्त्र र नेपाल प्रहरीका साथ नागरिक अगुवा र सरोकारवाला सबै संग समन्वय र सम्बन्ध प्रगाढ बनाउँदै अघि बढेको उनको कथन छ ।
४ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ४ लाख ४६ हजार २ मतदाता छन भने १ सय २ उम्मेदवार चुनावी मैदानमा छन ।







