कतै उम्मेदवारद्वारा पार्टी परित्याग त कतै अर्काे उम्मेदवारलाई समर्थन



राजविराज, फागुन १३ । राजनितीमा दल फेरबदल तथा एक अर्कालाई सर्मथन गर्नु समान्य कुरा भइसकेको छ । तर, प्रतिस्पर्धामा उत्रिसकेका उम्मेदवारले नै चुनावको मुखमा दल फेरबदल गर्नू र आफनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्नू नौलो राजनितीक शूरुवात भएको मान्नु पर्ने भएको छ ।

यस्तै अवस्थाको शूरुवात भएको छ सप्तरीमा । पछिल्लो पटक नेपाल जनता पार्टीबाट समानुपातीक तर्पmका उम्मेदवार विजय गुप्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।

उनी संगै नेपाल बुद्धिजीवी संगठनका डा.देवेस यादव पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन । राजविराज ५ निवासी गुप्ता नेपाल जनता पार्टीको समानुपातीक तर्फका उम्मेदवार थिए भने राजविराज २ निवासी डा.यादव जसपा निकटको बुद्धिजीवी संगठनका सदस्य थिए । चुनावी प्रचार प्रसारका क्रममा मंगलवार साँझ राजविराज आईपुगेका नेपाली काँग्रेसका उपसभापती विश्व प्रकाश शर्माको हातबाट दुबै जनाले नेपाली काँग्रेसको सदस्यता ग्रहण गरेका हुन ।

उनीहरुले जिल्लाको चारै वटा क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवालाई जिताउने अभियानमा सक्रियता पुर्वक खटिने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । दुबै जनालाई स्वागत गर्दै काँग्रेसका उपसभापती शर्माले बदलिएको परिस्थितीमा बदलिएर आएको नेपाली काँग्रेसले नै देशलाई समृद्धि तर्फ लैजाने दाबी गरे ।

काँग्रेसका क्षेत्रिय सभापती महानन्द यादवले नेपाली काँग्रेस प्रति अहिले जनताको आकर्षण बढ्दै गएको भन्दै अलमलमा रहेर सर्वसाधारणलाई काँग्रेस संग जोडिन आह्वान गरे ।

प्रतिनीधी सभा निर्वाचन नजिकिदै गर्दा अहिले दल बदल र एक अर्कालाई समर्थन गर्ने कार्य एक पछि अर्काे हुन थालेको छ । एक साता अघि प्रभु साह नेतृत्वको आम जनता पार्टीको तर्फबाट सप्तरीको क्षेत्र २ बाट प्रत्यक्ष तर्फ उम्मेदवार रहेका इ.सुनिलराज दास आफ्नो उम्मेदवारी निस्कृय पार्दै सोही क्षेत्रबाट उम्मेदवार रहेका जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष डा.शरद सिह यादवलाई समर्थनको घोषणा गरेका थिए । यो क्रम चुनाव पूर्व सम्म चल्ने र अझ कतिपय उम्मेदवारले एक अर्काको पक्षमा समर्थन गर्दै आफनो उम्मेदवारी निस्कय पार्ने आकलन गरिएको छ ।

प्रकाशित मिति: २०८२ फाल्गुन १३, बुधबार १८:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको