काठमाडौं, फागुन १६। नेपाल सरकारले हाल विकसित क्षेत्रीय अवस्थालाई मध्यनजर गर्दै नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालय ले शनिबार जारी गरेको एडभाइजरीमा अवस्था सामान्य नहुँदासम्म इजरायल वा इरान जाने योजना स्थगित गर्न कडाइका साथ सुझाव दिइएको छ।
एडभाइजरीमा भनिएको छ, “इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूले दुवै देशको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न अनुरोध गरिन्छ।”
सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको परिस्थितिको नजिकबाट अनुगमन भइरहेको जनाएको छ। साथै हाल इजरायल र इरान मा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र स्थानीय सुरक्षा निकाय तथा दूतावासको सम्पर्कमा रहन पनि अनुरोध गरिएको छ।






