चार्जमा लगाएर मोवाईलमा कुराकानी गर्दा एक महिला गम्भिर घाईते



सप्तरी, फागुन १७ । मोवाईल चार्जमा लगाएर कुराकानी गर्दा एक महिला करेन्ट लागेर गम्भिर घाईते भएका छन् ।

आईतबार विहान चार्जमा लगाइएको मोवाइलबाटै घर बाहिर रहेका आफन्तसंग कुराकानी गर्दै गरेको अवस्थामा अचानक करेन्ट प्रवाह भई सप्तरीको महदेवा गाउँपालिका २ की २४ बर्षीया विमला ठाकुर गम्भिर घाईते भएकी हुन् ।

उनको सप्तरी सदरमुकाम राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचार भईरहेको छ ।

विद्युतीय वोर्डमा चार्जमा लगाइएको अवस्थामै मोवाईलबाट कुराकानी गरिरहेका बेला अचानक तारबाट बगेको करेन्टले ठाकुर बेहोस भएकी थिईन् ।

उनलाई तत्कालै आफन्तले अस्पताल पुर्याएका थिए । जिल्लामा पटक पटक यस्ता घट्ना दोहोरिने गरेको भएपनि सावधानी नअपनाउँदा र लापरवाही पुर्वक मोवाइल चलाउँदा यस्ता घट्नाले निरन्तरता पाईरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेश मिश्राको भनाई छ ।

मोवाइललाई विद्युतीय उपकरणमा चार्जमा लगाएर कुराकानी गर्नु जोखिमपुर्ण हुने भएकाले यसतर्फ सावधान रहन तथा विद्युतीय वोर्डमा चार्जका लागि जोडिएका मोवाइल बाहिर निकालेर मात्र कुराकानी गर्न विद्युत प्राधिकरणका अधिकारीहरुको सुझाव छ ।

प्रकाशित मिति: २०८२ फाल्गुन १७, आईतवार १६:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको