पूर्व सांसद एवं नेकपा नेता चौधरी जसपा नेपालमा प्रवेश



सप्तरी, फागुन १७ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्व सांसद दानालाल चौधरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

सप्तरीको क्षेत्र न। ३ को शम्भुनाथ नगरपालिका वडा नम्बर ३ कचन्दाहाका चौधरीलाई शनिवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गम्छा र माला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

०५१ सालको मध्यावधी निर्वाचनमा नेकपा एमालेबाट तत्कालिन क्षेत्र नम्बर ४ बाट चौधरी सांसद पदमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी नेपाली कम्युनिष्ट पार्टीमा सक्रिय रहँदै आएका थिए । पुराना कम्युनिष्ट नेताका रुपमा परिचित उनी सप्तरीमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।

प्रकाशित मिति: २०८२ फाल्गुन १७, आईतवार ०८:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको