नेकपा उम्मेदवारले सार्वजनिक गरे २३ बुँदे प्रतिबद्धता



सप्तरी, फागुन १७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार सुर्यनाथ यादवले चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

शनिबार राजविराजमा प्रेस संगठन र समाजवादी प्रेस संगठनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।



सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा उनले प्रस्तावित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन् । यस्तै गजेन्द्र नारायण सिंह अस्पताल र औद्योगिक क्षेत्र सुधार, नमूना विद्यालयहरुको स्थापना, रोजगारीका लागि सीप विकास तालिमलाई पनि उनले प्राथमिकतामा राखेका छन् ।

यस्तै भ्रष्टाचारबिरुद्ध शुन्य सहनशिलता, राजविराज विमानस्थलबाट रात्रीकालिन विमान उडान, राजविराजलाई नमूना शहरको रुपमा विकास लगायतका कार्यलाई पनि उनले आफ्नो प्रतिबद्धता पत्रमा समेटेका छन् ।

प्रकाशित मिति: २०८२ फाल्गुन १७, आईतवार ०८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको