उम्मेदवारद्वारा घुम्ती होली मिलन



राजविराज, फागुन १८ । तराई मधेशमा रगंहरुको पर्व होलीको पूर्व सन्धयामा एक उम्मेदवारले घुम्ती होली मिलन समारोहको आयोजना गरी पर्व सगै मतदाताको मन जित्ने प्रयास गरेका छन ।

सप्तरीको क्षेत्र नं.२ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार रहेका डा.दिपक चौधरीले सोमवार सदरमुकाम राजविराज तथा आसपासका क्षेत्रमा घुम्ती होली मिलन समारोहको आयोजना गरी पर्व मनाउने संगै मतदाताको मन जित्ने प्रयास गरेका हुन ।

फागुन २१ गते हुने प्रतिनीधीसभा सदस्य निर्वाचन अन्तर्गत चुनाव प्रचार प्रसार गर्ने अन्तिम दिन सोमवार सम्म मात्रै हो । यसैलाई ध्यानमा राखी मतदाता संग होली पनि मनाउने र मतदानका लागी सहयोग माग्ने उदेश्यका साथ घुम्ती होली मिलन समारोहको आयोजना गरीएको डा.चौधरीले बताए ।

आफ्ना सर्मथक र कार्यकर्ताका साथ रंग अबिर लिएर मतदाताका घर/घर र पसल/पसल पुगेका उनले एक आपसमा रंग अबिर लगाएर शुभकामना दिदै आर्शिवाद र आफनो पक्षमा मत दिन आग्रह गरेका थिए । सो क्रममा उनले शान्त र मर्यादित भएर होली पर्व मनाउन सबैलाई आग्रह समेत गरेका थिए ।

प्रकाशित मिति: २०८२ फाल्गुन १८, सोमबार १८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको