राजविराज, फागुन १८ । आसन्न प्रतिनीधीसभाको निर्वाचनमा जिल्लामा खटिने पर्यवेक्षकलाई आवश्यक तालिम प्रदान गरिएको छ ।
सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा खटिने राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिती (नियोक) का प्रतिनीधीहरुलाई सोमवार आवश्यक तालिम प्रदान गरिएको हो ।
उक्त संस्थाबाट २ महिला सहित ११ जना तालिम प्राप्त प्रतिनीधी निर्वाचन पर्यवेक्षणका लागी परिचालित हुने भएको अध्यक्ष जंग बहादुर सिंहले जानकारी दिए ।
तालिम पश्चात उनीहरुलाई आवश्यक सामग्री सहित सोमवार नै जिम्मेवारी तोकिएको क्षेत्रका लागी विदाई गरिएको छ । सो अवसरमा प्रमुख अतिथी मधेशी आयोगका सदस्य आभा सेतु सिंहले पर्यवेक्षकहरुलाई आफनो जिम्मेवारी स्वतन्त्र, निश्पक्ष तथा वस्तुनिष्ठ रुपमा निर्वाह गर्न आग्रह गरिन ।






