रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज



जनकपुरधाम, फागुन १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फ बाट धनुषा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाणित भएपछि साहको उम्मेदवारी खारेज गरिएको हो।

आयोगका अनुसार आवश्यक कानुनी मापदण्ड पूरा नभएकाले उम्मेदवारी रद्द गरिएको जनाएको छ।

धनुषा–१ मा अब निर्वतमान सांसद दीपक कार्की (जनता समाजवादी पार्टी, नेपाल) रामचन्द्र मण्डल (नेकपा एमाले), राम पलटन साह (नेपाली कांग्रेस) र मातृका प्रसाद यादव (नेकपा)बीच प्रतिस्पर्धा हुने भएको छ।

उक्त क्षेत्रमा बिहीबार मतदान हुने निर्वाचन कार्यक्रम रहेको छ। निर्वाचन आयोगले मतदातालाई शान्तिपूर्ण र निष्पक्ष रूपमा मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन १९, मंगलवार १४:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको