जनकपुर न्युरो अस्पतालद्वारा इफ्तार कार्यक्रम आयोजना



जनकपुरधाम, फागुन २५ । इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अवसरमा जनकपुरधामस्थित जनकपुर न्युरो अस्पतालले इफ्तार कार्यक्रमको आयोजना गरेको छ। अस्पतालले आइतबार साँझ आफ्नै प्राङ्गणमा इफ्तार कार्यक्रम आयोजना गरी मुस्लिम कर्मचारी तथा शुभेच्छुकहरूसँग रमजानको खुशीयाली साटासाट गरेको हो।

अस्पताल प्रशासनका अनुसार अस्पतालमा कार्यरत मुस्लिम कर्मचारीहरूका साथै अन्य कर्मचारी, स्वास्थ्यकर्मी तथा शुभचिन्तकहरूलाई सहभागी गराएर सामूहिक रूपमा इफ्तार गरिएको थियो। कार्यक्रममा उपस्थित सबैले एकआपसमा शुभकामना आदानप्रदान गर्दै धार्मिक सद्भाव र सामाजिक एकताको सन्देश दिएका थिए।

अस्पतालले विभिन्न धर्म र संस्कृतिप्रति सम्मान व्यक्त गर्दै संस्थाभित्र आपसी सहकार्य, सद्भाव र भाईचाराको वातावरण कायम राख्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जनाएको छ। कार्यक्रममा सहभागीहरूले रमजान महिनाले संयम, सहिष्णुता र मानवताप्रतिको जिम्मेवारीको भावना बलियो बनाउने बताए।

अस्पताल प्रशासनले भविष्यमा पनि यस्ता सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। इफ्तार कार्यक्रममा सहभागीहरूले जनकपुर न्युरो अस्पतालले देखाएको पहलले धार्मिक सहिष्णुता र सामाजिक एकताको उदाहरण प्रस्तुत गरेको बताएका थिए।

प्रकाशित मिति: २०८२ फाल्गुन २५, सोमबार ०८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको