निर्वाचन परिणामको समीक्षा गर्न नेपाली कांग्रेस सर्लाही–४ को बैठक आज



सर्लाही, फागुन २५ । नेपाली कांग्रेस सर्लाही निर्वाचन क्षेत्र नं. ४ ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन परिणाम तथा चुनावी गतिविधिको समग्र समीक्षा गर्न आज विशेष बैठक आयोजना गर्ने भएको छ।

दिउँसो १ बजे धन्कौल स्थित नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह को निजी निवासमा बैठक बस्ने जानकारी दिइएको छ।
उक्त बैठकमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका गगन थापा को नेतृत्वमा सञ्चालन भएको चुनावी अभियान, प्राप्त निर्वाचन परिणाम, पार्टीको संगठनात्मक अवस्था तथा चुनावी रणनीतिका सबल र कमजोर पक्षबारे गम्भीर समीक्षा गरिने जनाइएको छ।

बैठकमा क्षेत्र नं. ४ अन्तर्गतका पार्टीका नेता, कार्यकर्ता तथा सरोकारवालाहरूको सहभागिता रहनेछ। साथै आगामी दिनमा पार्टी संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउने रणनीति तय गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।

निर्वाचनपछिको राजनीतिक अवस्थाको मूल्याङ्कन गर्दै आगामी कार्यक्रम र संगठन विस्तारका योजनाबारे निष्कर्ष निकाल्ने उद्देश्यले उक्त समीक्षा बैठक आयोजना गरिएको नेपाली कांग्रेस मधेस प्रदेश सुचना तथा सञ्चार बिभागका सचीव निकेश त्रिपाठिले जानकारी दिए १

प्रकाशित मिति: २०८२ फाल्गुन २५, सोमबार ०८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको