सिरहा सदरमुकाममा बम विस्फोट



सिरहा, फागुन २७ । सिरहा सदरमुकाममा बम विस्फोट भएको छ । सदरमुकामस्थित सिरहा जिल्ला अदालतको अगाडिमा रहेको मधेश ल फर्ममा बम विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार दिउँसो ४ बजे भएको बम विस्फोटमा परि एक जना घाइते भएका छन् ।

उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा लगिएको छ । सुतली बम भएको प्रारम्भिक अनुमान गरिए पनि अहिले सुरक्षा निकायको टोली घटनास्थलमै रहेको र थप अनुसन्धान कार्य भइरहेको एसपी पाठकले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०८२ फाल्गुन २७, बुधबार १७:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको