पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँदै



जनकपुरधाम, फागुन २७ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्दैछन्। भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुन लागेको ‘एनएक्सटी २०२६ ग्लोबल समिट’ मा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।

भट्टराईको सचिवालयका अनुसार उक्त समिट यही १२, १३ र १४ तारेखसम्म सञ्चालन हुनेछ। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका विभिन्न क्षेत्रमा चर्चित व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।

कार्यक्रममा डा भट्टराईलाई ‘गेस्ट अफ अनर’ का रूपमा निमन्त्रणा गरिएको छ। समिटअन्तर्गत शनिबार बिहान उनले डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै लोकतन्त्र, सुशासन र युवाको भूमिकाबारे आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन २७, बुधबार ०७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको