समानुपातिकतर्फ एक करोड सात लाख मत गणना , कुन दलले कती पाए ?



काठमाडौं, फागुन २७ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ७ लाख २० हजार ५६७ मत गणना भएको छ।

निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा रहेको छ। सो पार्टीले ५१ लाख २९ हजार ६१९ मत प्राप्त गरेको छ।

त्यसैगरी नेपाली कांग्रेस ले १७ लाख ४५ हजार ९५४ मत पाएको छ भने नेकपा (एमाले) ले १४ लाख ४७ हजार ६६४ मत प्राप्त गरेको छ।
अन्य दलहरुमा नेपाली कम्युनिष्ट पार्टीले ८ लाख २ हजार ७४३, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार १९७, जनता समाजवादी पार्टी नेपालले १ लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४४४, जनमत पार्टीले ७८ हजार ९२७ मत प्राप्त गरेका छन ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी रहेको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन २७, बुधबार ०७:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको