रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि सर्वोच्चमा नियमित सुनुवाइ



काठमाडौं, फागुन २७ । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध दर्ता भएका रिट निवेदनमाथि सर्वोच्च अदालतले ले आगामी आइतबारदेखि नियमित सुनुवाइ गर्ने भएको छ।

न्यायाधीशसपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त रिटलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो। प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले अब विस्तृत बहसका लागि मुद्दा अगाडि बढाउने निर्णय गरेको हो।



अदालत स्रोतका अनुसार सुनुवाइ सुरु भएपछि दुई वा तीन दिनभित्रै सर्वोच्चले यसबारे आदेश जारी गर्न सक्ने अनुमान गरिएको छ।

यसअघि महान्यायाधिवक्ता सविना भण्डारी बरालले लामिछानेविरुद्ध दर्ता भएको आरोपपत्र संशोधन गर्न निर्देशन दिएकी थिइन्। उनले संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन सरकारी वकिलहरूलाई निर्देशन दिएको विषय विवादित बनेको थियो।

उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन्। रिट निवेदनमध्ये एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र आभास रेग्मी लगायतले दायर गरेका हुन् भने अर्को निवेदन युवराज पौडेलले दर्ता गरेका छन्।

रिट निवेदकहरूले सरकारी पक्षले गम्भीर प्रकृतिका अभियोगहरू फिर्ता लिने निर्णय कानुनसम्मत नभएको दाबी गर्दै सर्वोच्च अदालतबाट हस्तक्षेप हुनुपर्ने माग गरेका छन्।

अब सर्वोच्च अदालतको आगामी सुनुवाइले उक्त निर्णयको वैधानिकताबारे महत्वपूर्ण नजिर स्थापना गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन २७, बुधबार १४:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको