नेप्से परिसूचक २८ सयमुनि झर्‍यो सेयर बजार, कारोबार ३८ प्रतिशतले घट्यो



काठमाण्डौ, फागुन २७ । बुधबार नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६ अंकमा झरेको छ। बजार खुलेको पहिलो घण्टामा उतारचढाव देखिए पनि त्यसपछि निरन्तर ओरालोमा रहेको छ।

सोही दिन ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम ३८ प्रतिशतले घटेर १३ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ। यसअघि सोमबार सकारात्मक सर्किट ब्रेक लागेर नेप्से २८७५ अंकमा पुगेको थियो। त्यसयता दुई दिनमा बजार ७९ अंक घटेको छ।



व्यापार समूह सबैभन्दा धेरै ३.४ प्रतिशतले घटेको छ। अन्य समूहहरूमा बैंकिङ १.८२, विकास बैंक १.६१, फाइनान्स २.०८, होटल तथा पर्यटन १.५६, हाइड्रोपावर ०.७१, लगानी १.८७, जीवन बीमा १.९८, उत्पादन तथा प्रशोधन १.४३, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा ०.९७ र अन्य समूह १।८३ प्रतिशतले घटेका छन्।

आज साल्पा विकास बैंक र नेसनल हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको ९.३३ र रिडी पावरको ५.७२ प्रतिशत मूल्य बढेको छ। कालिका पावरको मूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशतले घटेको छ। पन्चकन्या माइ हाइड्रोपावरको ५.७७, थ्रीस्टार हाइड्रोपावरको ५.३७ र ट्रेड टावरको ४.४७ प्रतिशत मूल्य घटेको छ।

आज धेरै कारोबार भएका कम्पनीहरूमा रिडी पावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप प्रमुख छन्।

बजारको ओरालोसँगै लगानीकर्ताहरूमा सावधानी कायम भएको छ, र छोटो अवधिमा बजारमा स्थिरता आउन अझै समय लाग्ने विश्लेषकहरूको भनाइ छ।

प्रकाशित मिति: २०८२ फाल्गुन २७, बुधबार १६:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको