ओलीले गरे चुनाव परिणाम स्वीकार, जनताको फैसला शिरोधार्य भन्दै धन्यवाद



काठमाडौं, फागुन २८ । केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा अपेक्षित नतिजा नआएको स्वीकार गर्दै मतदाताप्रति धन्यवाद दिएका छन्।

ओलीले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै भने, “लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, शिरोधार्य गर्नु मेरो र पार्टीको कर्तव्य हो। जनताको मतलाई पूर्णसम्म स्वीकार्छु।”

उनले आफ्ना शुभेच्छुक, नेता, कार्यकर्ता, स्वयंसेवक र मतदाता प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भने, “यस कठिन घडीमा सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।”

निर्णय एमालेका पक्षमा नआए पनि उनले जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कहिल्यै कमजोर नहुने बताए। ओलीले जोड दिए, “हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।”

प्रकाशित मिति: २०८२ फाल्गुन २८, बिहीबार ११:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको