बालेन्द्र शाहको नेतृत्वलाई संघीय लोकतान्त्रिक मोर्चाद्वारा स्वागत



काठमाडौं, फागुन २९ । मधेश केन्द्रित दलहरुको साझा मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले मधेशी समुदायको मधेशी मुलको प्रधानमन्त्री हेर्न पाउने लामो समय देखीको चाहना अनुरुप राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहको रुपमा पुरा हुन लागेको भन्दै स्वागत गरेको छ ।
जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा आज तत्कालनि लोसपको कार्यालयमा सम्पन्न मोर्चाको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा मधेशी, थारु र अन्य उत्पीडित समुदायबाट निर्वाचित जनताका जनमतप्रति सम्मान व्यक्त गर्दै बालेन्द्र शाहको नेतृत्वलाई आम जनताले समर्थन गरेको भन्दै स्वागत गरेको हो।

बैठकले शाहलाई प्रधानमन्त्रीको रूपमा हेर्न पाउने अवसर र लामो संघर्ष तथा बलिदानबाट स्थापना भएको गणतन्त्र, संघीयता, लोकतन्त्र, समानुपातिकता लगायतका उपलब्धि र प्राप्तिहरूको संरक्षण तथा संवैधानिक संशोधन, सीमांकन हेरफेर र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

त्यसैगरी, जसपा नेपालको अग्रज नेता महन्थ ठाकुर राष्ट्रिय सभाको सदस्य निर्वाचित हुनुमा पनि बैठकले बधाई व्यक्त गर्दै उहाँको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

बैठकले आगामी दिनहरूमा मधेशी जनताका अधिकार संरक्षण, सामाजिक समानुपातिकता र राजनीतिक स्थायित्व सुनिश्चित गर्न पार्टी एकता र सक्रियता जारी राख्ने निर्णय पनि गरेको जनाएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन २९, शुक्रबार १८:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको