पूर्वप्रधानमन्त्री ओलीलाई पितृशोक



काठमाडौं, फागुन २९ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो।

परिवार स्रोतका अनुसार मोहनप्रसाद ओलीको भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही समययता उनी अस्वस्थ रहँदै आएका थिए।

निधनपछि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी गरिएको छ। परिवारजन, आफन्त तथा शुभेच्छुकहरूले त्यहाँ पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको बताइएको छ।

स्वर्गीय मोहनप्रसाद ओलीको आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

उनका दुई छोरा र तीन छोरी छन्। पिता मोहनप्रसाद ओलीको निधनपछि एमाले अध्यक्ष ओलीसहित परिवारजन शोकमा डुबेका छन्। राजनीतिक तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तिहरूले पनि स्वर्गीय ओलीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

प्रकाशित मिति: २०८२ फाल्गुन २९, शुक्रबार ०८:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको