जितेश यादव
सर्लाही, चैत १ । सर्लाही-रौतहट जोडने गंगा पिपरा बागमती नदि पुल चुनावी झासामै सिमित भई थन्किएको छ। सर्लाही क्षेत्र न.४ र रौतहट क्षेत्र न.१ का उम्मेदवारहरुको साझा चुनावी एजेन्डामा रहेको गंगा पिपरा बागमती नदि पुल चुनाव सकिएपछि अलपत्र परेका छन।
चुनावी सरकारका भौतिक पुर्वधार मन्त्री कुलमान घिसिङको अनुगमन र ठेक्केदारलाई थ्रेड पश्चात सुरु भएको निर्माणकार्य अहिले ठप्प परेको छ। चुनाव सकियो नेता जित्यो काठमाडौ पुग्यो तर पुलको काम चाहि जहाँको त्यही अडकियो। पुललाई चुनावी एजेन्डा बनाई भोट बटुलेका नेताहरुलाई यस प्रति अब कुनै साचो नै छैन।
रामनगर गाउँपालिका-२ का स्थानीय राम जतन रायका अनुसार सर्लाही -४ बाट नवनिर्वाचित सांसद डा.अमरेश कुमारले चुनाव जित्ने बितिकै पुलको काम द्रुत गतिमा अगाडि बढने झासा सहित घरदैलो गरेका थिए। तर चुनाव जित्यो जनताको सपनाको रुपमा रहेको पुल जसको तस अवस्थामै रहिरह्यो ।
नेपाली कांग्रेसका सभापति गगन थापाले पनि आफु चुनाव जिते पनि हारेपनि पुल निर्माण गराउने नै चुनावी एजेन्डा प्रस्तुत गरेका थिए। तर वहाँ पनि कता हरायो अतोपतो छैन।
उता रौतहट क्षेत्र न.१ का उम्मेदवार राजेश चौधरी ,अजय गुप्ता र अनिल कुमार झाले पनि यो पुललाई चुनावी एजेन्डाका रुपमा प्रस्तुत गरेका थिए।
गंगा पिपरा बागमती नदि पुल मिति २०७३/३/२८ गतेमा ८६ करोड ३७ लाख ९ हजारमा टुण्डी-रसुवा- पप्पु जेभी कम्पनीले ठेक्का सकार गरी सम्झौता भएको र कार्य समयमा सम्पन्न नगरी पटक पटक म्याद थप गराउदै आईरहेको छ। हाल मिति २०८३/७/१३ गते सम्म पुल निर्माणकार्य सम्पन्न गर्न अन्तिम म्याद रहेको छ।
पुलमा गुणस्तरहिन समाग्री प्रयोग भएको हुँदा मिति २०८१ असोजमा आएको बाढीले पुलका १ स्पान र १ फाउन्डेसन बगाएकोले सो को बहना बनाई पुल अलपत्र पारीएको छ ।
यस पुलले सर्लाही, रौतहट मात्र नभई मधेको पर्सा,बारा ,रौतहट जिल्लालाई प्रदेशको राजधानी संग सिधा सम्पर्क गराउने महत्वपुर्ण भुमिका निर्वाह गर्ने छ्न। करिव(करिव ८०५ काम सम्पन्न गरी पुल अलपत्र छोडदा दैनिकी १ हजारभन्दा बढी नागरिकले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन। २०८१ असोजमा आएको बाढी पश्चात निर्मानधिन पुल क्षति भए पछाडि जुन तरिकाबाट राज्य संयन्त्र लाग्नु पर्ने थियो त्यसा हुन सकेको छैन।






