काठमाडौँ,चैत १ । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्न भक्तपुरको गुण्डुस्थित उनको निवास पुगेकी छन्।
प्रधानमन्त्री कार्की आइतबार श्रीमान्सहित ओली निवास पुगेकी हुन्। उनले ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेकी छन्।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो।
यसअघि आजै ओलीलाई समवेदना व्यक्त गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डुस्थित निवास पुगेकी थिइन्।






