कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन 



काठमाडौं , चैत १ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

जेनजी आन्दोलनमा अग्रपंक्तिमा देखिएकी अभियन्ता रक्षा बमसहितका सहभागीहरूले आइतबार माइतीघरमा प्रदर्शन गर्दै जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्।

प्रदर्शनकारीहरूले विभिन्न घटनाको छानबिनका लागि गठन हुने समितिहरूले सरकारलाई प्रतिवेदन बुझाए पनि ती प्रतिवेदन सार्वजनिक नगर्ने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्। उनीहरूले पारदर्शिताका लागि प्रतिवेदन सार्वजनिक गरिनुपर्ने बताएका छन्।

सरकारले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगले आफ्नो प्रतिवेदन तयार गरी सरकारलाई बुझाइसकेको छ।

तर प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएकाले नागरिकस्तरबाट त्यसलाई सार्वजनिक गर्न दबाब बढ्दै गएको छ।

प्रकाशित मिति: २०८२ चैत्र १, आईतवार १४:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको