मात्रिकालाई हाइसञ्चो , किशोरी साहको रिटमा सर्वोच्चले दिएन आदेश



जनकपुरधाम, चैत १ । सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नम्बर १ सम्बन्धी मुद्दामा रास्वपा उम्मेदवार किशोरी साहको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन सांसद मात्रिका प्रसाद यादवलाई हाइसञ्चो भएको छ ।

निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको निर्णय बदर गरी आफ्नो उम्मेदवारी कायम गराउन माग गर्दै साह अन्तरिम आदेशको मागसहित सर्वोच्च पुगेका थिए।

तर न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले तत्कालका लागि अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको आदेश दिएको हो।

सर्वोच्चको यस आदेशसँगै निर्वाचन आयोगको निर्णय यथावत रहने भएको छ।

यसका कारण धनुषा–१ बाट मात्रिका प्रसाद यादव निर्वाचित भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णय पनि हाललाई कायम रहने भएको छ। अन्तरिम आदेश नदिएपछि यो मुद्दा अनन्त काल सम्म लम्बिने सक्ने भएको छ । विगतमा यस प्रकारका मुद्दाहरुमा समयावधी भित्र फैसला नै नहुने परिस्थिति समेत देखिएको छ ।

प्रकाशित मिति: २०८२ चैत्र १, आईतवार १९:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको