मधेशी भावना संग आघात भए फेरी अर्को सुनामी आउछ : देवनारायण मण्डल



जनकपुरधाम, चैत २ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सूचिमा रहेका देवनारायण मण्डलले मधेशी भावना संग आघात भए फेरी अर्को सुनामी आउने चेतावनी दिएका छन ।

मधेश र मधेशवादप्रतिको पार्टीको व्यवहारप्रति विचार व्यक्त गर्दै मण्डलले भनेका छन् ,‘ मधेशी समुदायले बालेन मधेशी भएको भनेर मात्रै आफ्नो भोट प्रयोग गरेको छ र यदि मधेशी भावनामा चोट पुग्छ भने अर्को “सुनामी” आउन सक्छ । “लुम्बिनीदेखि झापासम्मको मधेशी बाहुल्य क्षेत्रमा मैले घुमेर बुझेको यथार्थ यति हो, यसमा कसैले भ्रम नपाले हुन्छ।” उनले स्पष्ट पारेका छन ।

समानुपातिकको अन्तिम सूचिमा नाम समावेश नभएपछि समाजिक संजाल मार्फत प्रतिक्रिया जनाउदै नेता मण्डलले आफ्नो समय र भूमिका सीमित हुने स्पष्ट गर्दै अहिले नै राजनीतिक गतिविधिमा पूर्ण रूपमा सक्रिय हुनुपर्ने अवस्थामा नरहेको स्पष्ट पारेका छन ।

प्रारम्भमै रास्वपाको लागि आफ्नो ३० प्रतिशत समय मात्रै दिने सहमति गरेको स्पष्ट पार्दै उनले भनेका छन्, “म अहिले मधेश छोडेर काठमाण्डौ बस्न सक्दिन, त्यसैले यसलाई कसैले अन्यथा नलिनु होला। मलाई रती पनि दुःख लागेको छैन, मैले गर्नुपर्ने भूमिका निर्वाह गरे त्यतिमै म धेरै खुसी छु।”

समावेशी समानुपातिक प्रति टिप्पणी गर्दै मण्डलले भनेका छन , ‘संविधान निर्माणदेखि मधेशी समुदायलाई हरेक स्तरमा अल्पसंख्यक बनाइराख्ने इतिहासलाई ध्यानमा राखेर समानुपातिक उम्मेदवारको सूची तयार गर्दा पार्टीले यस विषयमा विचार गर्नु पर्ने थियो।’

पार्टी प्रवक्ता एवं धनुषा क्षेत्र नं. ३का प्रतिनिधिसभा सदस्य मनिष झा प्रति कटाक्ष गर्दै उनले लेखेका छन ,‘ जुन पार्टीका प्रवक्ता मिडिया अगाडि आउनुअघि रंगबिरंगी ढाका टोपी लगाउनु पर्ने आवश्यक ठान्छन , त्यहाँ यो विषयमा चर्चा हुनेछ भन्ने आशा नगरे हुन्छ।”

उनको स्पष्ट भनाइले रास्वपा भित्र मधेश र समानुपातिक प्रतिनिधित्वबारेको बहस अझ प्रष्ट बनाएको छ।

प्रकाशित मिति: २०८२ चैत्र २, सोमबार १७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको