त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो गाँजासहित २ भारतीय पक्राउ



काठमाडौं, चैत ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट अवैध लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार सोमबार राति आगमन टनेल गेटबाट जाँचका क्रममा करिब ३ किलो १६० ग्राम गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा ४२ वर्षीय अब्दुल खालिक अब्दुल हानन्न सिद्धिकी र ४० वर्षीय रिजवान मोद युसुफ रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो र विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको संयुक्त टोलीले नेपाल एयरलाइन्स को उडानमार्फत बैंककबाट काठमाडौं आएका उनीहरूलाई शंका लागेपछि जाँच गरेको थियो।

जाँचका क्रममा अब्दुलको साथबाट २ किलो १०० ग्राम र रिजवानको साथबाट १ किलो ६० ग्राम गाँजा बरामद भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।

प्रकाशित मिति: २०८२ चैत्र ३, मंगलवार १४:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको